आईतवार, २८ असार, २०८३

बझाङ जिप दुर्घटना: कम्तीमा ३ जनाको मृत्यु, ५ जना सख्त घाइते

बझाङमा शनिबार जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना सख्त घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी आएको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर दिपक विष्टले पनि तीन जना यात्रुको मृत्युको जानकारी प्राप्त भएको बताए ।

मृतकको पहिचान भएको छन् । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार