आईतवार, ३ जेष्ठ, २०८३

जुम्लामा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन दुरुपयोग बढ्दो

जुम्लामा सार्वजनिक बिदाका दिन बिना पास सरकारी सवारी साधन सञ्चालन गरिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका इन्चार्ज प्रकाश शाहीका अनुसार आज शनिबार सार्वजनिक बिदाको दिन नियम विपरीत सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिई कार्यालयमा राखिएको हो।

उनले सार्वजनिक बिदाका दिन बिना अनुमति सरकारी सवारी साधन नचलाउन तथा नियम विपरीतका कार्य नगर्न सबैलाई हार्दिक अपिल गर्नुभएको छ।

प्रहरी नियन्त्रणमा रहेका मोटरसाइकलहरूमा क १ ब २५४, भे १ ब ५११, क प्र ०१००१ ब ०४२१ र क १ ब ७८ नम्बरका मोटरसाइकल रहेका छन्।

विशेषगरी क १ ब ७८ नम्बरको मोटरसाइकल सार्वजनिक बिदाका दिन बढी दुरुपयोग भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल यसअघि गरिएको चेकजाँचका क्रममा पनि नियन्त्रणमा परेको र पुनः बिना पास सञ्चालन गरिएको भेटिएको प्रहरीको भनाइ छ।

मोटरसाइकल चालकले आफू प्राविधिक कर्मचारी भएको बताउने गरे पनि सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको अत्यधिक दुरुपयोग गरेको पाइएको ट्राफिक प्रहरीको दाबी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार