आईतवार, १० श्रावण, २०८३

जुम्लामा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन दुरुपयोग बढ्दो

जुम्लामा सार्वजनिक बिदाका दिन बिना पास सरकारी सवारी साधन सञ्चालन गरिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका इन्चार्ज प्रकाश शाहीका अनुसार आज शनिबार सार्वजनिक बिदाको दिन नियम विपरीत सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिई कार्यालयमा राखिएको हो। उनले सार्वजनिक बिदाका दिन बिना […]

पातारासीका किसानलाई हेप्ने होइन सम्मान गरौं

भेद आर्थिक मात्र होइन, सामाजिक र सांस्कृतिक पनि छ । सदियौँदेखि चौधबिसका बासिन्दालाई “पिछडिएको” ठाउँको मानिस भनेर ट्याग लगाइएको छ । उनीहरूले उत्पादन गरेको तरकारीले बजारका भान्सा र होटल भरिन्छ, तर उनीहरूलाई सम्मानजनक मूल्य र सम्मान दुवै दिइँदैन । जुम्लाको विकट पातारासी चौधबिस क्षेत्रका किसानहरू सदियौँदेखि एउटा चक्रमा फसेका छन् । बिहान ३ बजे मेघ […]

बत्ती, पानी, फोहोरको डेराबहालसँग मनलाग्दी शुल्क असुल्दै घरधनी, राज्य मौन !

आधुनिक घर बनाउने लहरमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, मठमन्दिर, इनार, ढुंगेधारा, कुँवा, राजकुलो, टुकुचा, पार्टीपौवा, ताल, पोखरी, खोलानालालगायतको जग्गासमेत कब्जा भयो । मानिसहरुले सरकारी सम्पत्ति हड्पेर घर ठड्याए । त्यतिबेला राज्यले बेवास्ता गर्यो । अहिले सरकारी सम्पत्ति सबै मासियो । सरकार भन्छ–विद्युत महसुल प्रतियुनिट ९.४४ रुपैयाँ हो । तर, घरधनीहरु डेराबहालसँग यसको तेब्बर […]

उद्योग बन्द गरेर कौडीको भाउमा जग्गा बिक्री, देशमा काम नपाएपछि जनताको भर वैदेशिक रोजगारी !

पञ्चायती व्यवस्था हुँदासम्म नेपाल आफैंमा आत्मनिर्भर थियो । खाद्यान्न अरु देशलाई निर्यात गरिन्थ्यो । रोजगारीका लागि विदेश जानुपर्दैनथ्यो । अहिले के भयो ? छिमेकी मुलुकले अन्न पठाइदिएन भने नेपाली भोकभोकै मर्छन् । विदेश नगईकन हातमुख जोर्न सकिँदैन । छिमेकी मुलुक भारत र चीनमा उद्योगै उद्योग छ । ती मुलुकले आफ्ना जनतालाई आवश्यक सामान आफैं उत्पादन […]

जुम्लाका डिएसपी रविन बाबु रेग्मीको काठमाडौं सरुवा

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बाबु रेग्मी को नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, कल्याण महाशाखा, नक्साल काठमाडौंमा सरुवा भएको छ। नेपाल प्रहरीको नियमित सरुवा प्रक्रिया अन्तर्गत डिएसपी रेग्मीको काज सरुवा गरिएको जनाइएको छ। जुम्लामा कार्यरत रहँदा उनले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी […]

ताजा समाचार