शनिबार, २ जेष्ठ, २०८३

जुम्लाका डिएसपी रविन बाबु रेग्मीको काठमाडौं सरुवा

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बाबु रेग्मी को नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, कल्याण महाशाखा, नक्साल काठमाडौंमा सरुवा भएको छ।

नेपाल प्रहरीको नियमित सरुवा प्रक्रिया अन्तर्गत डिएसपी रेग्मीको काज सरुवा गरिएको जनाइएको छ। जुम्लामा कार्यरत रहँदा उनले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै प्रहरी संगठनको कार्यसम्पादनलाई थप सुदृढ बनाउन योगदान पुर्‍याएका थिए।

उनको कार्यकालमा ट्राफिक व्यवस्थापन, जनचेतनामूलक कार्यक्रम तथा समुदायसँग समन्वयात्मक ढंगले प्रहरी सेवा प्रवाह गरिएकाले स्थानीयस्तरमा सकारात्मक प्रभाव परेको बताइन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार