जुम्ला — जिल्ला प्रमुख अधिकारी दिपक पौडेल ले जिल्ला कारागार जुम्लाको अनुगमन गर्नु भएको छ। हिजो वैशाख ३१ गते गरिएको अनुगमनका क्रममा कारागारको सुरक्षा अवस्था, खानेपानी व्यवस्थापन, घेराबार पर्खाल लगायत विभिन्न पक्षहरूको निरीक्षण गरिएको हो।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मी, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान जुम्लाका प्रमुख लगायतको सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार यही वैशाख ११ गते कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण भइरहेका बेला एक जना कैदी कारागारको पर्खाल नाघेर बाहिर आएको घटना भएपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नियमित अनुगमन सुरु गरिएको हो।

उहाँले कारागारको पर्खाल तथा अन्य सुरक्षा संरचनालाई अझ व्यवस्थित र मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो। साथै कारागारको समग्र व्यवस्थापन सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने जानकारी दिनुभयो।















