यी युवा प्रतिभाहरू जुम्ला पातारासीका मुटु हुन्। उनीहरूले जुम्लालाई विश्वमा चिनाए, तर जुम्लाले उनीहरूलाई पर्याप्त माया र संरक्षण दिन सकेको छैन। हीराहरूले देशको नाम चम्काए, तर आफैं अँध्यारो कोठामा चम्किन बाँकी छन्।
हिमालको काखमा जन्मिएका ती स्वरहरू जब आकाश छुन्छन्, तब जुम्ला मात्र होइन, सिंगो नेपालको छाती गर्वले फुल्छ। पातारासीको चिसो हावामा, जसले धानको बाला झैँ निहुरिएर पनि कहिल्यै हार मान्दैन, त्यही कठोर भूमिबाट निस्किएका हीराहरूले विश्वमञ्चमा नेपालको झण्डा फहराएका छन्।
प्रतिभा बीज हो, मेहनतले फुल्ने फूल
प्रतिभा भनेको जन्मजात मात्र होइन, यो एउटा सानो बीज हो जसलाई मेहनत, धैर्य र अवसरले हुर्काउँछ। यो व्यक्तिमा रहेको विशेष क्षमता हो, जसले असाधारण प्रदर्शन सम्भव बनाउँछ। संगीत, नृत्य, दौड, लेखन, विज्ञान, जुनसुकै क्षेत्रमा। प्रतिभा बिना मेहनत व्यर्थ छ र मेहनत बिना प्रतिभा खेर जान्छ। प्रतिभा, मेहनत, सही अवसर जोडेर सफलता मिल्छ।
दुनिया यसका उदाहरणले भरिएको छ। थोमस एडिसन हजार पटक असफल भएर पनि बल्ब बाल्न सफल भए। उनले भने, ‘म असफल भएको छैन, मैले हजार तरिका पत्ता लगाएँ जसले काम गर्दैन।’
ए.पी.जे. अब्दुल कलाम माछा बेच्ने परिवारबाट राष्ट्रपति बने। मलाला युसुफजाईले १५ वर्षको उमेरमा गोली खाएर पनि शिक्षाको आवाज बन्द गरिनन्। नेपालमै पारसमणि प्रधान र गोपाल योञ्जनले साधारण जीवनबाट अमर गीत र राष्ट्रिय गान दिए।
यी कथाहरूले भन्छन्, साधारण पृष्ठभूमिबाट पनि असाधारण बन्न सकिन्छ। जुम्ला पातारासीको माटोमा पनि यस्तै हजारौं बीजहरू छन्। पञ्चकली, रुपा, सुनमाया, विश्वरुपा, प्रशंसा, प्रेमकलीहरूले देखाएको बाटो आउने सन्ततिका लागि पनि हो।
पञ्चकली बुढाको स्वर जब गुञ्जिन्छ, लाग्छ जुम्लाको पहाड आफ्नो पीडा, आशा र विजयको गाथा गाइरहेको छ। रुपा बुढाको गीतले दर्शकको हृदय पगालिदिन्छ। सुनमाया बुढा र विश्वरुपा बुढाको दौडले हिमालको उचाइलाई नै चुनौती दिन्छ।
तिनीहरूको हरेक पाइलाले जुम्लाको माटोलाई सुनौलो बनाउँछ र विश्व जगतमा देश नेपालको नाम रोशन गरेका छन्। प्रशंसा बुढा र प्रेमकली खड्काको नृत्यले लोकसंस्कृतिको जीवन्तता र युवा जोशलाई एकैसाथ उजागर गर्छ।
यी नामहरू मात्र होइनन्, यी त जुम्ला पातारासीका आत्माका प्रतिबिम्ब हुन्। गरिबी, दूरी, अभाव र चिसोले थिचिए पनि उनीहरूले प्रमाणित गरेका छन्, प्रतिभालाई कुनै अभावले मार्न सक्दैन, बरु तिखारेर अझ चम्काउँछ। तर हीरालाई चम्काउन पालिश र उज्यालो चाहिन्छ। उनीहरूले देशको गौरव बढाए, तर आफू भने कहिले सम्मानको माला, कहिले मासिक सहयोग र कहिले सुरक्षा पाएका छन्?
उनीहरूको सफलताको क्षणमा गाउँले रातभर नाच्न सक्छन्, ताली बजाउन सक्छन्, फोटो खिच्न सक्छन्। तर जब उनीहरू घर फर्किन्छन्, त्यही चिसो आँगन, अभावको पीडा र अनिश्चित भविष्यले घेर्छ। पञ्चकलीको स्वरले लाखौं हृदय छुन्छ, तर आफ्नै परिवारको र आफ्नो भविष्यका लागि उनी संघर्ष गरिरहेकी हुन्छिन्।
सुनमाया र विश्वरुपाको पाइलाले हिमाल जित्छन्, देशको नाम राख्छन्, तर दैनिक जीवनको दौडमा उनीहरू थाकेकी हुन्छन्।
यी युवा प्रतिभाहरू जुम्ला पातारासीका मुटु हुन्। उनीहरूले जुम्लालाई विश्वमा चिनाए, तर जुम्लाले उनीहरूलाई पर्याप्त माया र संरक्षण दिन सकेको छैन। हीराहरूले देशको नाम चम्काए, तर आफैं अँध्यारो कोठामा चम्किन बाँकी छन्। यो पीडा मात्र व्यक्तिगत होइन, यो त सिंगो पुस्ताको सपनामाथिको अन्याय हो।
पातारासी गाउँपालिका, यो तपाईंको जिम्मेवारी हो। यी छोराछोरी तपाईंका गौरव हुन्। उनीहरूलाई एउटा कार्यक्रममा मात्र होइन, निरन्तर माया चाहिन्छ।
पातारासीका युवा साथी, तिमीहरूको प्रतिभा पनि जुम्लाको माटोमा लुकेको छ। पञ्चकली, रुपा, सुनमाया, विश्वरुपा, प्रशंसा र प्रेमकलीहरूले देखाएको बाटो तिमीहरूको पनि हो। आज तिमीहरू अदृश्य छौ भनेर कहिल्यै हताश नबन। तिमीहरूको स्वर, तिमीहरूको गति, तिमीहरूको नृत्य र तिमीहरूको अथक मेहनतले एकदिन जुम्लालाई फेरि विश्वमा चिनाउनेछ।
पातारासी गाउँपालिका र स्थानीय सरकार! यी प्रतिभालाई मासिक भत्ता, सुरक्षा र प्रोत्साहन कार्यक्रमको व्यवस्था गर्नुहोस्। उनीहरूको प्रतिभा निखार्न बृहत् प्रशिक्षण, सम्मान र अवसरहरू सिर्जना गर्नुहोस्। जब स्थानीय सरकारले आफ्नै आँगनका हीराहरूलाई सम्मान दिन्छ, तब हजारौं युवाले भन्नेछन् ‘म पनि सक्छु। मेरो सपना पनि पूरा हुन सक्छ।’
प्रतिभा जन्मिन्छ आफैं, तर फुल्न र फल्न माया, सम्मान र संरक्षण चाहिन्छ। जुम्ला पातारासीको माटोले जन्माएका यी फूलहरूलाई ओइलाउन नदिऔं। उनीहरूलाई सम्मान दिऔं, प्रोत्साहन दिऔं र उनीहरूको उडानलाई पूरा आकाश दिऔं।
जुम्ला उठिरहेको छ। अब यसको प्रतिभालाई पनि उठाउने पालो हो। जुम्लाको मुटुमा लुकेका हीराहरूलाई सम्मान दिऔं। ताकि उनीहरूको उज्यालोले हजारौं युवाको सपनालाई बाटो देखाओस्।
युवा साथीहरू, जागौं। पालिकाले साथ देओस्। यो लेख पढ्ने हरेक युवा साथी, तिमीहरूको प्रतिभा पनि जुम्लाको माटोमा लुकेको छ। आज तिमीहरू अदृश्य छौ भनेर हताश नबन। तिमीहरूको स्वर, तिमीहरूको गति, तिमीहरूको नृत्य र मेहनतले एकदिन जुम्लालाई फेरि चिनाउनेछ। प्रतिभा जन्मिन्छ आफैं, तर फुल्न र फल्न माया, सम्मान र संरक्षण चाहिन्छ।
पातारासी गाउँपालिका! यी प्रतिभाहरूलाई मासिक भत्ता, सुरक्षा र निरन्तर प्रोत्साहन कार्यक्रमको व्यवस्था गर्नुहोस्। उनीहरूको प्रतिभा निखार्न बृहत् कार्यक्रमहरू आयोजना गर्नुहोस्। जब स्थानीय सरकारले आफ्ना छोराछोरीलाई आफ्नै आँगनमा सम्मान दिन्छ, तब हजारौं युवाहरूले भन्नेछन् “म पनि सक्छु। मेरो सपना पनि पूरा हुन सक्छ।”
जुम्लाको माटोले जन्माएका यी फूलहरूलाई ओइलाउन नदिऔं। उनीहरूलाई सम्मान दिऔं, प्रोत्साहन दिऔं, र उनीहरूको उडानलाई आकाश दिऔं। तब मात्र हाम्रो पुस्ता भन्न सक्नेछ, ‘हामीले आफ्ना प्रतिभालाई चिनेका थियौं, र उनीहरूले हामीलाई चिनाएका थिए।’
जुम्ला उठिरहेको छ। अब यसको प्रतिभालाई पनि उठाउने पालो हो। तिमीमा भएको प्रतिभालाई जिउन देऊ, संसारले तिमीलाई सम्झनेछ। जागौं, मेहनत गरौं, र एकअर्कालाई साथ दिऔं। पातारासी र जुम्ला अब प्रतिभाको उज्यालोमा चम्कियोस्।
चन्द्र महतारा
















