मंगलवार, २९ बैशाख, २०८३

कविता : आगो चोर

नथिई प्रमिथस कुनै ऊ।
स्वर्गको आगो चोर्नलाई
न छ विस्वास उसलाई स्वर्ग, नर्क र स्वर्गको आगो माथी
उ त हो एक जेट पुस्ते दलित
उर्फ मधेसि दलित महिला जेन जी ।

उसलाई थाहा छ केवल आगोको विज्ञान ।
जो दुई ढुंनाहरुको ठक्करबाट झुल्केको थियो कुनै दिन ।
न्यानो हुन्छ, पकाउछ र सेक्छ ।
उज्यालो हुन्छ, सुकाउँछ र तताउँछ पनि ।

उसलाई थाहा छ आगोको राजनिती
जलाउछ, पोल्छ र डढाउछ ।
आगोले आँशु मुत्छ र खरानि हग्छ ।

आफूभित्र भित्रैको आगोको रापमा ऊ पनि जल्दै आईरहेकि छे युगौं युग देखि ।
तर त्यो आगो केवल दुई निर्जीव ढुंगाहरुको जुधाईको परिणाम भने अवश्य होइन ।
त्यो आगो, पहाड र हुरि बीचको जुधाईबाट,
अघि बढ्न चाहनेहरु र पछि धकेल्न चाहनेहरुविचको युगौंको संग्रामबाट,

हत्याराहरु र निर्दोषहरुबीचको हजारौं वर्षदेखिको संघर्षबाट झुल्केको झिल्कोको अनन्त योगफल हो त्यो ।

मानिस बन्न चाहनेहरु र मानिस बन्न नदिनेहरुबीचको ठक्करबाट जन्मीएको यो आगो,
उसका पुर्खाहरुले छोडेको एक मात्र पैत्रिक सम्पती ।

उसका पुर्खाहरुले कयौं पटक बढाउने प्रयास गरे त्यो आगोको घनत्व ।
थुपार्न खोजे यत्र तत्र फैलिएको त्यो आगोलाई ।
र चिर्ने प्रयास गरे, आफूमाथीको सिंगो अन्धकार ।
बुनेर सपना अपार उज्यालो छुने ।
जव जव झुम्मीएर एक ठाउ पुग्थ्यो,
संगठित हुँदै झन बलियो हुन्थ्यो त्यो आगो ।
ति दानवहरु, ति आगो चोरहरु,
नायकको रुप धारण गरेर
मसिहाको गाथा गाउँदै
मिठा, गुलिया र चिल्ला
उख्खा क्रान्तिकारी र प्रगतिशिल वेदहरु अलाप्दै
सुटुक्क घुस्थे अन्धकार अछुत बस्तीहरुमा र चोरेर लैजान्थे उनीहरुको मन मनको घनघोर आगो ।
त्यहि आगो चोरेरै उनीहरुले प्रजातन्त्र ल्याए, खाए र फाले ।
पञ्चतन्त्र ल्याए, खाए र फाले ।
फेरि प्रजातन्त्र ल्याय खाए र फेरि फाले ।
राजतन्त्र मिल्काए गणतन्त्र सल्काए ।

जब जब गणतन्त्रको मिस्ठान्न खान्की आरामले खादै थिए भाग बण्डा गरेर
हठात् कोहि चिच्यायो भिंड भित्रैबाट ।
चिच्याउदै भन्यो, उसको भागको केहि टन गणतन्त्र गायब भयो ।
खान तलासी सुरु भयो,
तर खानतलासि स्वयमं भ्रष्ट र कठपुतली थियो ।
उसले भ्रष्ट खानतलासी अस्वीकार गर्‍यो ।
नारा घंकायो,
सडक र सदन ततायो,
जसै गरेपनि उसको केहि लागेन ।
उसलाई हठात् याद भयो
सत्ता ढाल्न र फाल्न त्यहि अन्धकार अछुत बस्तीको आगो चाहिन्छ ।
जो उसका बाजे बराजुहरुले बारम्बार चोर्दै आइरहेका थिए ।
ऊ पनि अभ्यस्त थियो त्यो अछुत आगोको चोरिमा ।
उसलाई यो पनि ज्ञान थियो कि
जलेको अपदस्त सत्तामाथी बनेको नयाँ सत्ताको शक्तिमा
जति खाए भो ।
जति रमाए भो ।
जे बोले भो।
जस्तो गाए भो ।

अन्तत: ऊ पनि छिर्‍यो अन्धार बस्तीभित्र
उसैगरि अलाप्यो क्रान्तिकारि वेद
र सुटुक्क चोरि छोड्यो केहि आयाम आगो ।
त्यहि आगोले सिंहदरबार जलायो,
संसद जलायो ।
त्यहि आगो देखेर पुलिस डरायो,
सेना हरायो , देश करायो ।
देशको त्यहि ऐया आत्थामै
त्यहि खरानीको चुचरोमाथि
कोहि मन्त्री भए
कोहि प्रधान मन्त्री
तुरुन्तै उनिहरुसंग
कसैले जागिर मागे,
कसैले सेयर मागे ,
कसैले कारागारबाट कैदीको मुक्ति मागे
कसैले खरानीको मुल्य मागे
कसैले मरेको भुत मागे
सबैभन्दा धेरैले त युटुब र टिकटिकमा लाईक, सेयर र सस्क्राईब मागे ।

कम से कम आफूले गरेको गल्तीको
लागि क्षमा नमिल्ने यो अन्धभक्तहरुको भिंडमा
हजारौं हजार बर्षसम्म धर्म र सँस्कृतिको
बन्धनले बाँधेर अन्धकारमा थन्काईएकि उसले
कसरि खोज्न सक्थी र ?
सत्ताको सेयर ?
सत्ताको अपनत्व ?
सत्ताको उन्माद ?

उसलाई लाग्यो,
चोरेको आगोबाट सत्तामा पुग्नेहरुको जिन्दगी,
सत्ताको शक्तिले जति नै झिलीमिली भएपनि
सत्ताले छोपेको अन्धकार भित्र सधै उसै गरि रुमल्लीदो रहेछ
आगो जोगाउनेहरुको जिवन
आगो छोपेर राख्ने भुसको जिन्दगि जस्तै ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार