बुधबार, १६ बैशाख, २०८३

जुम्लामा ट्राफिक चेकजाँच कडाइ,

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा सवारी साधनहरूमा कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रकाश शाहीका अनुसार ट्राफिक टोली चेकजाँचका लागि पुग्नासाथ अगाडिका सवारी चालकहरूलाई “ट्राफिक आएको छ, होसियार” भन्दै फोनमार्फत जानकारी पुग्ने गरेको पाइएको छ। यसले चेकजाँचलाई प्रभावकारी बनाउन चुनौती थपिएको उनले बताए।

हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडक अन्तर्गत कालढुङ्गी नजिक सवारी चेकजाँच गरिएको थियो भने आज पातारासी गाउँपालिका–उर्थु क्षेत्रमा पनि जाँच गरिएको थियो।

चेकजाँचका क्रममा यात्रु तथा सवारी चालक दुवैमा जनचेतनाको कमी देखिएको ट्राफिक प्रहरीले जनाएको छ। एक सवारी साधनमा सिट क्षमता पूरा भइसकेपछि पनि थप यात्रु चढ्ने तथा “म बसिहाल्छु” भन्दै जबर्जस्ती यात्रा गर्ने प्रवृत्ति देखिएको छ। चालकहरूले पनि बढी आम्दानीका लागि क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको छ।

त्यस्तै, सवारी साधनको सिट भरिएपछि यात्रुहरूलाई गाडीको छत र पछाडिको भाग (ढाला) मा राखेर जोखिमपूर्ण रूपमा यात्रा गराउने गरिएको समेत फेला परेको छ। यसले दुर्घटनाको जोखिम झन् बढाएको ट्राफिक प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकहरू हेल्मेट नलगाई तथा आवश्यक कागजात बिना सवारी चलाएको पनि पाइएको छ।
जिल्ला ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न, क्षमता अनुसार मात्र यात्रु राख्न र सुरक्षित यात्रामा ध्यान दिन सबैलाई आग्रह गरेको छ। साथै नियम उल्लङ्घन गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार