बुधबार, १६ बैशाख, २०८३

कंकाल बोकेर बैंक पुगे युवक : बैंकिङ प्रणालीको संवेदनशीलतामाथि प्रश्न

भारतको ओडिशा मा अत्यन्तै अचम्मलाग्दो र झस्काउने घटना सार्वजनिक भएको छ। आफ्नी मृत बहिनीको खाताबाट पैसा निकाल्न बारम्बार असफल भएपछि एक युवक कंकाल नै बोकेर बैंक पुगेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार जितु नामका ती युवकले आफ्नी दिवंगत बहिनीको खाताबाट २० हजार रुपैयाँ निकाल्न पटक–पटक प्रयास गरेका थिए।

तर बैंकका कर्मचारीहरूले खातावाला स्वयं उपस्थित हुनुपर्ने नियम देखाउँदै उनलाई हरेक पटक फर्काएका थिए। उनले बहिनीको मृत्यु भइसकेको जानकारी गराउँदा पनि आवश्यक सहजीकरण नभएपछि उनी निराश बनेका थिए।

अन्ततः निराशाले सीमा नाघेपछि उनले चिहानबाट बहिनीको कंकाल निकालेर करिब तीन किलोमिटर पैदल हिँड्दै ओडिशा ग्रामीण बैंक को शाखामा पुगे। बैंक परिसरमै कंकाल राखेपछि त्यहाँ उपस्थित कर्मचारी र सर्वसाधारण स्तब्ध बनेका थिए।

यो घटनाले बैंकिङ प्रणालीको कठोर नियम, कार्यान्वयनको शैली र मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ। सामाजिक सञ्जालमा समेत यो घटनाले व्यापक चर्चा पाएको छ, जहाँ धेरैले नियमसँगै मानवीय पक्षलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार