शुक्रबार, ११ बैशाख, २०८३

दुल्लुमा घरघरमै स्वास्थ्य सेवा दिँदै बीपीएच दोस्रो वर्षका विद्यार्थी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला अन्तर्गत जनस्वास्थ्य महाविद्यालयका बीपीएच दोस्रो वर्षका विद्यार्थीहरूले दैलेखको दुल्लु नगरपालिकामा घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

प्रतिष्ठानका सहायक प्राध्यापक ओमप्रकाश काफ्लेका अनुसार सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले दुल्लु नगरपालिकाका विभिन्न वडामा पुगेर स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था मूल्यांकन गर्ने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आधारभूत स्वास्थ्य परामर्श दिने काम गरिरहेका छन्।

उक्त कार्यक्रम दैलेख मात्र नभई कर्णाली प्रदेशका अन्य जिल्लाहरू, जुम्ला, कालिकोट, सुर्खेत, अछाम र मुगु लगायतमा समेत सञ्चालन हुँदै आएको काफ्लेले जानकारी दिए।

कार्यक्रमका लागि आवश्यक आर्थिक तथा भौतिक स्रोतसमेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नै व्यवस्थापन गरेको जनाइएको छ। यस कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा विद्यार्थीहरूको व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेलेको अपेक्षा गरिएको छ।

जनस्वास्थ्य महाविद्यालयका एसिस्टेन्ट डिन प्राध्यापक डाक्टर शेसानन्द सन्जेलका अनुसार हाम्रा विद्यार्थीहरूका लागि पनि यो अनुभव अत्यन्त महत्वपूर्ण सिकाइको अवसर हो। यसले हामीलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान, समुदायसँगको सम्बन्ध र सेवा भाव विकास गर्न सहयोग गर्दछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार