दुल्लुमा घरघरमै स्वास्थ्य सेवा दिँदै बीपीएच दोस्रो वर्षका विद्यार्थी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला अन्तर्गत जनस्वास्थ्य महाविद्यालयका बीपीएच दोस्रो वर्षका विद्यार्थीहरूले दैलेखको दुल्लु नगरपालिकामा घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। प्रतिष्ठानका सहायक प्राध्यापक ओमप्रकाश काफ्लेका अनुसार सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले दुल्लु नगरपालिकाका विभिन्न वडामा पुगेर स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था मूल्यांकन गर्ने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आधारभूत स्वास्थ्य परामर्श दिने काम […]
सुर्खेतमा लागुऔषध नियन्त्रण अभियान: २८ जना पक्राउ, १९४ ग्राम चरेस बरामद

सुर्खेत प्रहरीले लागुऔषध दुर्व्यसन तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न सञ्चालन गरेको विशेष अभियानअन्तर्गत २८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध सेवन, झैझगडा तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये २७ जना पुरुष र १ जना महिला रहेका छन्। उनीहरूलाई हाल निगरानीमा राखी आवश्यक […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिन देखि पढाइ नभएपछि एक विद्यार्थीको खुला पत्र

श्रीमान्, प्रशासन कार्यालयकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला विषय: शिक्षक आन्दोलनका कारण विद्यार्थीमा परेको शैक्षिक, मानसिक, सामाजिक तथा आर्थिक असर सम्बन्धी निवेदन म यस प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी हुँ। विगत करिब २० दिनदेखि यहाँका शिक्षकहरू आन्दोलनमा रहनु भएको कारणले हाम्रो नियमित अध्ययन–अध्यापन पूर्ण रूपमा प्रभावित भएको छ। कक्षा सञ्चालन नहुँदा हाम्रो शैक्षिक प्रगति गम्भीर रूपमा अवरुद्ध […]
जुम्लामा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको ध्यानाकर्षण

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूले आफूलाई सामाजिक अभियन्ता भन्दै अस्पताल परिसरमै प्रवेश गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली–गलौज, धम्की तथा आक्रमणको प्रयास गरेको उल्लेख गरिएको छ। संघका अनुसार उक्त घटनासम्बन्धी भिडियोहरू युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रसारण […]
चन्दननाथ नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य तथा क्षयरोग परीक्षण शिविर सञ्चालन

चन्दननाथ नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य सेवा तथा क्षयरोग (टीबी) परीक्षण शिविर सञ्चालन गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको उक्त शिविरले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गर्दै सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिएको छ। स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतका अनुसार शिविर वडा नम्बर ६, ८ र ४ मा क्रमशः सञ्चालन गरिनेछ। आज वडा नम्बर […]
वालेन सरकारसँग जनताको माग, राजस्व छल्ने व्यापारीमाथि पनि कारबाही अघि बढाइयोस्

भाटभटेनीसँगै विभिन्न व्यापारी, व्यवसायी, उद्योगीले पनि राज्यलाई कर तिरेका छन् । उद्योगीहरुले विद्युत महसुलको अर्बौ बक्यौता तिरेका छैनन् । यता, कर तिरेपनि पर्याप्त तिरिएको छैन । अर्थात् कम नाफा भएको देखाई राजस्व छलिएको छ । त्यसैले, अब बालेन सरकारले हरेक उद्योगी, व्यापारी, व्यवसायीमाथि छानबिन अघि बढाउनुपर्छ । मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटले राज्यलाई चार […]
राकम कर्णालीमा स्वास्थ्य शिविर हुने

आठबीस नगरपालिका–४, राकम कर्णालीस्थित बाख्रेकोट बजारमा बृहत् सर्वसुलभ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। कर्णाली स्वास्थ्य क्लिनिक एण्ड राकम फार्मेसीको आयोजनामा २०८३ साल वैशाख १८ गते शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने उक्त शिविरले ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा नजिकैबाट उपलब्ध गराउने लक्ष्य लिएको छ। शिविरमा भेरी अस्पताल, नेपालगञ्जका मेडिसिन विभागमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट […]
अनमी सरितालाई भोली नेशनल सोसल वेलफेयर अवार्ड प्रदान गरिने

६ वर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन त्यसै गरि १२०० जना गर्भवतीको स्वास्थ्य चेकजाँच गरेको सरिताले बताइन् । मुगु जिल्ला सोरु गाउँपालिका स्थित कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाहीलाई भोली शुक्रबार काठमाडौमा भब्य कार्यक्रम बीच नेशनल सोसल वेलफेयर अवार्ड प्रदान गरिने भएको […]
नगरपालिकाले फोहोर जलाउँदा रंगशाला धुवाँले भरियो

जुम्लाको चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा रंगशालाको छेउमै फोहोर जलाउने क्रम बढेको छ। दैनिक रूपमा अभ्यासका लागि प्रयोग हुने रंगशालाको क्षेत्रमै धुवाँ फैलिँदा खेलाडीहरू र वातावरणमा समेत असर परेको छ। जुम्लामा वैशाख २६ गते आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी भइरहेका बेला यस्तो अवस्था देखिनु थप चिन्ताको विषय बनेको खेलाडीहरुको गुनासो छ। अन्तर्राष्ट्रियस्तरसम्मका खेलाडीहरू […]





