बिहीबार, १० बैशाख, २०८३

चन्दननाथ नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य तथा क्षयरोग परीक्षण शिविर सञ्चालन

चन्दननाथ नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य सेवा तथा क्षयरोग (टीबी) परीक्षण शिविर सञ्चालन गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको उक्त शिविरले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गर्दै सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिएको छ।

स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतका अनुसार शिविर वडा नम्बर ६, ८ र ४ मा क्रमशः सञ्चालन गरिनेछ। आज वडा नम्बर ६ मा शिविर सञ्चालन भइरहेको छ भने भोलि वडा नम्बर ८ र पर्सि वडा नम्बर ४ मा सेवा विस्तार गरिने कार्यक्रम तय गरिएको छ।

शिविरमा विशेषगरी स्त्रीरोगसम्बन्धी परीक्षण, परामर्श तथा उपचारका साथै क्षयरोग पहिचानका लागि आधुनिक प्रविधिको प्रयोग गरिएको छ। क्षयरोगमुक्त स्थानीय तह निर्माण गर्ने लक्ष्यसहित ‘एआई’ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमार्फत स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। य

उक्त शिविर चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजना, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको हो। साथै, निःशुल्क महिला स्वास्थ्य परीक्षण कार्यक्रम ग्लोबल आईएमई बैंकको आयोजनामा, नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा र आधारभूत स्वास्थ्य केन्द्र छिनाको सहकार्यमा सञ्चालन गरिएको छ।

स्थानीय महिला चुक्की रावत, पुल्तिसरा रोकाय, लक्ष्मी योगी र छत्त रावलले यसअघि उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अहिले नजिकमै सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता शिविरले ग्रामीण भेगका महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार