जुम्ला बहुमुखी क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता सुरु भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा भएको प्रतियोगिता उद्घाटन समारोहसँगै सुरु गरिएको हो।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूबीच एकता र खेल भावना बढाउनु हो। उद्घाटनको दिन भएको पहिलो खेल निकै रोमाञ्चक बनेको थियो। सो खेलमा कर्णाली मावि अनामनगर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिता सफल बनाउन विभिन्न स्थानीय तह तथा संघसंस्थाहरूले सहयोग गरेको जुम्ला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लोकेन्द्र बुढाले बताए।

उनका अनुसार कनकासुन्दरी, हिमा, तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका तथा सम्बन्धित वडाहरूले सहयोग गरेका हुन्।
साथै, होटल पौवाको सहयोग पनि महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।
‘सम्पूर्ण विद्यार्थी एक हौँ’ भन्ने नारासहित सुरु गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूबीच सहकार्य, आपसी समझदारी र खेलकुदप्रति आकर्षण बढाउने विश्वास गरिएको छ।
















