शुक्रबार, ४ बैशाख, २०८३

अछुत कोपिलाको खस भाषाको मुक्तक संग्रह ‘मइडो’ प्रकाशन हुँदै

खस भाषा र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहित्यकार अच्युत कोपिलाको नवीनतम् कृति ‘मइडो’ बजारमा आउने भएको छ।

कर्णालीको मौलिक पहिचान बोकेको खस भाषामा आधारित यो मुक्तक संग्रह प्रकाशन हुन लागेको लेखकले बताए।

उनका अनुसार ‘बा’को संघर्ष र घरको शून्यताबोधलाई मार्मिक ढंगले प्रस्तुत गरिएको यस कृतिले खस भाषाको जीवन्ततालाई थप उचाइ दिने विश्वास गरिएको छ।

लेखक कोपिलाले नयाँ वर्षको नयाँ घोषणा स्वरूप यो संग्रह ‘कमिङ सुन’ को सूचीमा राखेका छन् । खस भाषाका शब्दहरूको सही प्रयोग र स्थानीयपनलाई कृतिमा प्राथमिकता दिइएको छ ।

विशेषगरी युवा पुस्तामाझ आफ्नो पुर्ख्यौली भाषा र साहित्य पुर्‍याउन यो संग्रहले महत्त्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ।

यस अघि उनको अनुभुति नामको कविता संग्रह प्रकाशित छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार