मंगलवार, १ बैशाख, २०८३

‘खील निकाल्ने वर्ष हो’ भन्दै सभापति रवि लामिछानेको शनसनीपूर्ण शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक अवस्थालाई संकेत गर्दै सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गर्नुभएको छ। उहाँले वर्तमान समयलाई ‘खील निकाल्ने वर्ष’ को रूपमा व्याख्या गर्दै सुधारको प्रक्रियामा आउने पीडा सहनुपर्ने सन्देश दिनुभएको हो।

आफ्नो आधिकारिक फेसबुक पेजमा धारणा राख्दै सभापति लामिछानेले लेख्नुभएको छ, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।’ छोटो तर गहिरो अर्थ बोकेको उक्त भनाइलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट विश्लेषण गरिएको छ।

विशेषगरी भ्रष्टाचारविरुद्धको अभियान, पुराना राजनीतिक बेथितिहरूको अन्त्य तथा पार्टीभित्र र बाहिर देखिएका चुनौतीहरूलाई लक्षित गर्दै उहाँले ‘खील’ को रूपक प्रयोग गर्नुभएको हुनसक्ने अनुमान गरिएको छ। खील निकाल्दा हुने पीडालाई उहाँले सुधारका क्रममा आउने अवरोध र संघर्षसँग तुलना गर्न खोज्नुभएको देखिन्छ।

राजनीतिमा ‘खील निकाल्नु’ भन्ने अभिव्यक्ति प्रायः शुद्धीकरण र सुधारको प्रक्रियाका रूपमा बुझिन्छ। यस सन्दर्भमा लामिछानेको पछिल्लो टिप्पणीले उहाँ र उहाँको पार्टी कठिन निर्णयको चरणमा रहेको तथा त्यसबाट आउने राजनीतिक दबाब र पीडा सहन तयार रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

यसअघि पनि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत समसामयिक विषयमा संक्षिप्त तर सन्देशमूलक अभिव्यक्ति दिँदै आउनुभएको थियो। उहाँको यसपटकको पोस्टमा समेत समर्थकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै साहस कायम राख्न हौसला प्रदान गरिरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार