शनिबार, २८ चैत्र, २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी शिक्षकहरूको आन्दोलनमा, दुई दिनदेखि भएन पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी फ्याकल्टीहरूले आफ्ना विभिन्न मागहरू लामो समयदेखि सम्बोधन नभएको भन्दै शैक्षिक गतिविधिहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छन्। संस्थाभित्रको कार्य वातावरण असहज हुँदै गएको र प्रशासनिक बोझ अत्यधिक बढेको आरोप लगाउँदै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएका छन्।

फ्याकल्टीहरूले जारी गरेको ध्यानाकर्षण पत्रअनुसार, प्रतिष्ठानले देशकै पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको भए पनि संस्थाभित्र कार्यरत शिक्षकहरूको समस्या समाधानतर्फ व्यवस्थापन गम्भीर नदेखिएको गुनासो गरिएको छ। उनीहरूका अनुसार विगत केही महिनादेखि निरन्तर पहल गर्दा पनि कुनै औपचारिक प्रतिक्रिया प्राप्त नभएपछि बाध्य भएर शैक्षिक गतिविधि स्थगनको कदम चालिएको हो।

यद्यपि, शिक्षकहरूले आफ्नो आन्दोलनका क्रममा विद्यार्थीहरूको परीक्षा, फिल्ड गतिविधि तथा बिरामीहरूको उपचार सेवामा असर नपर्ने स्पष्ट पारेका छन्। ‘हामीले आन्दोलनलाई जिम्मेवार ढंगले अघि बढाउनेछौं,’ पत्रमा उल्लेख गरिएको छ।

फ्याकल्टीहरूले पाँच बुँदे प्रमुख माग अघि सारेका छन्। जसमा उपलब्ध योग्य फ्याकल्टीबाटै शैक्षिक पदपूर्ति, १० वर्षदेखि स्थिर रहेको तलबमा मुद्रास्फीतिअनुसार वृद्धि, कार्यसम्पादनमा आधारित करार प्रणाली लागू, जुम्ला आवतजावतको कठिनाइलाई ध्यानमा राखी ‘बाटो म्याद बिदा’ व्यवस्था, तथा फ्याकल्टी विकास समितिको गठन र सक्रियता समावेश छन्।

यसैबीच, शिक्षकहरूले व्यवस्थापनलाई २४ घण्टे अल्टिमेटमसमेत दिएको आन्दोलनरथ एक शिक्षकले बताए। उनका अनुसार समयभित्र माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।

यो विषयमा कुटीरो डटकमले प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेललाई सोध्दा उनले शिक्षक प्राध्यापकले थप जिम्मेवारी दिनुपर्ने कुरा उठाएकध र सो बारे कानुनी प्रावधान नभएकाले काम गर्न बाधा परेको बताए। कक्षा संचालनमा आंशिक असर परे पनि कक्षा संचालनमा असर नपर्ने उनको भनाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार