आईतवार, ८ चैत्र, २०८२

खासा नाका खोल्न पहल गर्छौं, मन्त्री चौलागाईं 

नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको स्थलगत अनुगमनपछि वन तथा वातावरण तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गरिने बताएका छन्। 

शनिबार निरीक्षणका क्रममा उनले राजमार्गका विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

मन्त्री चौलागाईंले सडकलाई सुरक्षित, भरपर्दो र सहज बनाउन वैज्ञानिक तथा दिगो उपाय अपनाउनुपर्नेमा जोड दिए। 

स्थानीयसँगको भेटमा उनले नाका सञ्चालनले यस क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए। 

उनले कोदारी नाकासम्मको सडक जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने स्पष्ट पारे।

अनुगमन टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी लगायत प्राविधिक र स्थानीय प्रतिनिधिहरू सहभागी थिए। 

स्थानीयवासीले सडकको दयनीय अवस्थाका कारण आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गर्दै छिटो सुधारको माग गरेका छन्।

यसैबीच, डढेलोको धुँवा हटेसँगै तातोपानी क्षेत्रमा जनजीवन सामान्य बन्दै गएको छ। 

नाकामा चहलपहल बढे पनि खासा बजार पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यापार अझै सीमित रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार