शनिबार, ३० फाल्गुन, २०८२

जुम्लामा ग्यास अभावको संकेत: लाइनमा उपभोक्ताहरु

अन्तर्राष्ट्रिय स्तरमा तेल उत्पादक देशहरूबीच बढ्दो तनावका कारण सम्भावित आपूर्तिको प्रभाव जुम्लामा पनि देखिन थालेको छ।

बसपार्क क्षेत्रमा गाडिबाट आउने एलपी ग्यास लिन उपभोक्ताहरू लामबद्ध हुन थालेका छन्।

सम्भावित अभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र ग्यास डिलरहरूसँग बैठक गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले उपभोक्ता र सिलिण्डरको अभिलेख राखेर मात्र ग्यास वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

प्रशासनका अनुसार यसले कालोबजारी नियन्त्रण गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सहयोग पुग्नेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार