जुम्लामा ज्ञानेन्द्र शाहीले १४५८ मतले अगाडि रहेका छन्। कनसुन्दरी गाउँपालिकाको ५०५९ मतगणना गरिसक्दा शाहीले २६९१ मत प्राप्त गरेका हुन्।
दोस्रो स्थानमा रहेका नेकपका नरेश भण्डारीले १२३३ मत प्राप्त गरेका छन्। उनि राप्रपाका ज्ञानेन्द्र शाहीदेखि १४५८ मतान्तरले पछाडी छन्।
त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २८१ मत प्राप्त गरेका छन् भने विनिता कठायतले अहिलेसम्म ३६ मत प्राप्त गरेकी छन्।
साथै नेमकिपाका विर्षबहादुर रावतले ४३ मत, नेजपाका रनिल विक्रम शाहीले ५ मत,नेपाल कम्युनिस्ट पार्टी (माओवादी)उम्मेदवार बिर्खबहादुर शाहीले १ मत र प्रलोपा उम्मेदवार मनऋषि धितालले ८ मत प्राप्त गरेका छन्।
जुम्लामा एकमात्र स्वतन्त्र उम्मेदवार रहेका भक्तबहादुर रावलले अहिलेसम्म १ मत प्राप्त गरेका छन् भने मतगणना कार्य निरन्तर जारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।














