शुक्रबार, २२ फाल्गुन, २०८२

जुम्लामा शुक्रबार बिहान ७ बजेदेखि मतगणना हुने

जुम्लामा भोलि बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणना बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।

उनका अनुसार जुम्लामा ४१ हजार दुई सय १० मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो। जसमा महिला २१ हजार एक सय ४६ जना, पुरुष २० हजार ६४ रहेका छन्।

जिल्लाका ११० वटा मतदान केन्द्रबाट आएको प्रतिवेदनका अनुसार सो मत खसेको प्रजिअ पौडेलको भनाइ छ। उनका अनुसार जुम्लाको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ।

निर्वाचन प्रक्रियामा राजनैतिक दल, सरकारी निकायदेखि सबै तहको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै उनले अब मुचुल्का उठाएर सदरमुकामतिर ल्याइँदै गरिएको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार