शुक्रबार, २२ फाल्गुन, २०८२

मतदान केन्द्रमा रेडक्रसका प्राथमिक उपचारक

नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राख्दै सम्भावित स्वास्थ्य समस्यालाई मध्यनजर गरी विभिन्न मतदान केन्द्रमा प्राथमिक उपचारक खटाएको थियो।

जिल्लाका सात वटा पालिकाका सात मतदान केन्द्रमा प्राथमिक उपचारको तालिम प्राप्त शिक्षक तथा स्वयंसेवक गरी २८ जना प्राथमिक उपचारक खटाइएको सुपर परियोजना कार्यक्रम प्रमुख इश्वरा सुवेदीले जानकारी दिइन।

उनका अनुसार प्राथमिक उपचारमा खटाइएका मतदान केन्द्रहरूमा कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मावि लुड्कु, सिंजा गाउँपालिकाको भैरव मावि नराकोट, हिमा गाउँपालिकाको रूपाकोट आधारभूत मावि बाजागाड, तिला गाउँपालिकाको सरस्वती मावि कुडारी, तातोपानी गाउँपालिकाको हिमशिखर मावि, गुठीचौर गाउँपालिकाको त्रिभुवन मावि झारझोलाला र पातारासी गाउँपालिकाको ऋणमोक्ष मावि रहेका छन्।

तिला गाउँपालिका -३ घर भइ वर्ष १० की झरणा नेपाली लडेर सामान्य चोट लाग्दा प्राथमिक उपचार गरिएको सुनिता थापाको नेतृत्वमा रहेको प्राथमिक उपचार टोलीले तत्काल उपचार गरेको सुवेदीले बताइन्।

सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अन्य कुनै अप्रिय घटना नभएको रेडक्रस जुम्ला शाखाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार