शुक्रबार, १५ फाल्गुन, २०८२

समाजसेवी अमर विष्टद्वारा महादेव आविमा शैक्षिक सामाग्री वितरण

जुम्लाका समाजसेवी अमर विष्टले जुम्लाको तिला गाउँपालिका १ मा रहेको श्री राहदेव आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।

सो विद्यालयमा पढ्ने १०० जना विद्यार्थीहरूलाई विष्टले आज विद्यालयमै पुगेर शैक्षिक सामाग्री वितरण गरेका हुन्।

विष्टका अनुसार आफू र आफ्नो श्रीमतीले विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको र आज जुम्लाको तिलाको यो विद्यायलमा सानो भएपनि सहयोग गर्न पाउँदा मन खुसी भएको छ।

विष्टले ‘मैले गर्न सक्ने सेवा म सकेसम्म गर्ने छु। मैले यो विद्यालयका बालबालिकाको पोसाकको समस्या देखेँ। आउने शैक्षिकसत्र सुरु हुनेबित्तिकै सम्पूर्ण विद्यार्थीको लागि विद्यालय पोसाक उपलब्ध गराउने वाचा गर्छु’ ,उनले भने।

त्यस्तै विवस अध्यक्ष रामबहादुर बुढाले विद्यालयमा आएर सहयोग गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दै पुन: पनि विद्यालयको लागि केही सहयोग गरिदिनुहुनेछ अपेक्षा गरेको बताए।

तिला १ का वडा अध्यक्ष जंगबहादुर बस्नेतले यो कार्य सकारात्मक र सन्देशमूलक भएको बताउदै उनले विद्यालयको भौतिक लगायत शिक्षकहरूको समेत अभाव भएको र यसमा आफूले सक्दो पहल गर्ने बताए।

विद्यालयकी प्रधानाध्यापक सरिता रावतले ‘विद्यार्थीलाई यो शैक्षिक सामाग्री सहयोग गर्नुभएको विद्यालय परिवार आभारी छ। आगामी दिनमा विद्यालयलाई आवश्यक सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु’ , उनले भनिन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार