समाजसेवी अमर विष्टद्वारा महादेव आविमा शैक्षिक सामाग्री वितरण

जुम्लाका समाजसेवी अमर विष्टले जुम्लाको तिला गाउँपालिका १ मा रहेको श्री राहदेव आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। सो विद्यालयमा पढ्ने १०० जना विद्यार्थीहरूलाई विष्टले आज विद्यालयमै पुगेर शैक्षिक सामाग्री वितरण गरेका हुन्। विष्टका अनुसार आफू र आफ्नो श्रीमतीले विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको र आज जुम्लाको तिलाको यो विद्यायलमा सानो भएपनि सहयोग […]
सत्य, स्वाभिमान र जिम्मेवारीको प्रश्न आजको आवश्यकता

नेपालको लोकतन्त्र, सुरक्षा संयन्त्र र राज्य संस्थाहरूलाई कमजोर सावित गर्ने ढंगले कथा निर्माण गरियो भने त्यसले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठाउन सक्छ। नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले तयार पारेका सामग्रीबारे गम्भीर प्रश्न उठिरहेका छन्। विशेषगरी बीबीसी जस्ता विश्वसनीय मानिने संस्थाले बनाएको डकुमेन्ट्रीमा घटनाको सम्पूर्ण पृष्ठभूमि, बहुआयामिक सन्दर्भ र सबै पक्षको भूमिका समेटिएको छ कि […]
सिंजा गाउँपालिकाको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु

जुम्लाको सिंजा गाउँपालिकाको निर्माणाधीन भवनबाट खसेर एक कामदारको ज्यान गएको छ। बुधबार चौथो तलामा फार्मा खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका–३ का ४२ वर्षीय खिरबहादुर शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि सिंजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटोमा उनको निधन भएको हो। […]
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारी

नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको उपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन […]
आसन्न निर्वाचनमा जनता निर्णायक !

सुशीला अहिले देशको प्रधानमन्त्री हो । तर, उनी देशको प्रधानमन्त्री हुन सकिनन् । बस् बालेन, रवि, सुधन र देश जलाउनेहरुको प्रधानमन्त्री भइन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालतसहित सयौं सरकारी कार्यालय जलाइयो । ती कार्यालय खरानी बनेको छ । सर्वोच्चले अदालतमा आगजनी गर्नेविरुद्ध प्रहरीमा जाहेरी दियो । यता, अन्य सरकारी […]





