बिहीबार, १४ फाल्गुन, २०८२

समाजसेवी अमर विष्टद्वारा कालिका आविमा शैक्षिक सामाग्री वितरण

जुम्लाको तातोपानी गाउँपालिका ६ हिँयाखोलामा स्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई समाजसेवी अमर विष्टले शैक्षिक सामाग्री वितरण गरेका छन्।

उनले आज उक्त विद्यालयमै पुगेर विष्टले ११० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्।

विद्यालयमा अनुगमन समेत गरेका विष्टले विद्यालयको अवस्था निकै सकारात्मक र आफूले सोचे भन्दा विद्यालयको अवस्था राम्रो भएको बताए।

‘जुम्ला हिजोको दुर्गम हो तर आज शिक्षामा सुगम छ। शिक्षामा कालिका आवि धेरै सुधार भएको देखेँ। जहाँ सुगम छ त्यहाँ दुर्गम छ, जहाँ दुर्गम छ त्यहाँ सुगम छ’, उनले भने।

साथै उनले जुम्लाका सम्पूर्ण विद्यालयका व्यवस्थापन समितिलाई ल्याएर यो विद्यालयमा अनुगमन गर्न लगाएर यो विद्यालयबाट सकारात्मक सन्देश सिक्नुपर्ने बताएका छन्।

विष्टले पुन पनि उक्त विद्यालयमा स्वच्छ पिउने पानीको लागि फिल्टरको आवश्यकता रहेको र केही समयपछि विद्यालयमा फिल्टरको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत गरेका छन्।

उक्त विद्यायलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्ली कामी यो सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन्। विद्यार्थीहरूलाई यो सहयोगले ठूलो राहत हुने बताएका छन्।

त्यस्तै कालिका आविका निवर्तमान प्रधानाध्यापक रमेश न्यौपानेले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नु सह्यनीय कार्य भएको बताए।

उनका अनुसार विद्यालयमा कापी,कलम किन्न नसक्ने अवस्थाका विद्यार्थी समेत छन्। यो सहयोगले उनीहरुलाई केही भएपनि राहत भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार