बाढीपहिरोबाट क्षति पुगेको बी.पी. राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, नेपालथोक सडक खण्डको पुनर्निर्माण कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय माधव प्रसाद चौलागाईंले स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
निरीक्षणका क्रममा मन्त्री चौलागाईंले बाढीपहिरोका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएको समयावधिभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।
उनले वर्षायाम सुरु हुनु अघि सडक सञ्चालन योग्य बनाउने गरी आवश्यक समन्वय र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
















