राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह सँगै निर्वाचन प्रचारमा सक्रिय रहेका पत्रकार तथा प्रचार समितिका सदस्य दिनेश सिटौलाको आकस्मिक निधन भएपछि जुम्लामा तय गरिएको रास्वपाको घरदैलो कार्यक्रम स्थगित गरिएको छ।
पार्टीद्वारा जारी विज्ञप्ति अनुसार सिटौलाको निधनले सम्पूर्ण पार्टी परिवार गहिरो शोकमा डुबेको छ। यस दुःखद घडीमा दिवंगत सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आजका लागि तय गरिएको घरदैलो कार्यक्रम स्थगित गरिएको रास्वपा जुम्लाकी उम्मेदवार विनिता कठायतले जानकारी दिइन्।
उनका अनुसार विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गरिएको छ। साथै, पार्टीले यस कठिन समयमा परिवारसँग ऐक्यबद्धता प्रकट गर्दै आवश्यक सहयोगका लागि सदैव तत्पर रहने जनाएको छ।














