हिमा गाउँपालिकाकाे श्री अन्नपूर्ण मावि धाचुँगाउँमा एसइई तयारी कक्षा तथा काेचिङ्ग कक्षामा सहभागी विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरिएकाे छ।
एसइई तयारी गरिरहेका र अन्य काेचिङ्ग कलासमा अध्ययनरत १६२ जना विद्यार्थीहरूलाई स्टेसनरी सामान (कपी र डटपेन) वितरण गरिएको हो।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीका अनुसार विद्यार्थीहरूलाई केही राहत प्रदान हो भन्ने उदेश्यले एसइई कोचिङ पढ्ने विद्यार्थीलाई सहयोग गरिएको हो।
हिमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतको टिमले सामुहिक रुपमा वितरण शैक्षिक सामाग्री वितरण गरेका छन्।














