ऊर्जा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङले मन्त्री पदको राजीनामा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन्।
घिसिङले मन्त्रालयमा अहिले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।
गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो।
सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा माग भनेकी थिइन् ।














