ऊर्जा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।
राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न उनको सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते उर्जा मन्त्रीमा नियुक्त भएका थिए ।














