सोमबार, १२ माघ, २०८२

कविता-यात्रा



‎जब यात्रा तय गरियो
‎बिसाएर घरको आँगन,
‎चढेँ म गाडीमा

‎स्वप्नहरूको भारी बोकी
‎लागेँ म नयाँ गन्तव्यममा घुमाउरा सडकहरू रमाइला लाग्थे
‎झ्यालबाट हेर्दा दृश्यहरू कविता बन्थे।

‎हावा परेड खेल्थ्यो मेरो कपालसँग
‎कहिले सिरक झैँ ढाक्थ्यो मेरो अनुहार
‎कहिले गीत गाएर हावाको संगीतमा
‎सास फेर्न सजिलो बनाउँथ्यो।
‎कुनैकुनै मोडमा मन डराउँथ्यो पनि,
‎जहाँ शरीरलाई असहज बनाउथ्यो
‎बटुवाहरूको भिडमा हराउँछु कि भनी।

‎टायरको घर्षणमा
‎लुकेका थिए स्वरहरू
‎एक्लोपन, उत्साह,
‎र भविष्यका रहरहरू

‎चालकको अनुहारमा
‎जीवनको व्यथा पढिन्थ्यो,
‎यात्रुहरूका नजरमा
‎आफ्नै कथा भेटिन्थ्यो।

‎गाडी त रोकिएला एकदिन कुनै स्टेसनमा,
‎तर मनको यात्रा कहाँ रोकिन्छ र ?
‎जसलाई लगाम लगाउन सकियो भनेमात्र
‎जीवन सुन्दर बन्दोरहेछ
‎एक स्टपबाट अर्को स्टप,
‎जिन्दगी यस्तै त रहेछ भनेर
‎गाडी चढेरै थाहा पाइयो

‎लड्ने डरले गन्तव्य कहाँ चुम्न सकिन्छ र
‎यात्रा न हो जीवन
‎जहाँ हिँडेपछि मात्र पुग्न सकिन्छ

‎केवल
‎सास फेर्नु मात्र जीवन होइन रहेछ
‎पाइला चाल्नु मात्र यात्रा होइन रहेछ।






प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार