जेन- जी आन्दोलनका मुगुका अगुवा अनिल बानियाँको पहलमा देशका १० वटा क्षेत्रमा इलाका प्रशासन कार्यलयहरु विस्तार भएका छन्।
उनको विशेष पहलमा गृह मन्त्रालय निजामती कर्मचारी प्रशासन शाखाले एक परिपत्र जारी गरेर सहमति सम्बन्धमा पत्र सार्वजनिक गरेको छ।
पत्रमा उल्लेख नयाँ १० वटा इलाका प्रशासन कार्यालयहरू इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग,इलाका प्रशासन कार्यालय, धो,डोल्पा,इलाका प्रशासन कार्यालय, खत्याड, मुगु, इलाका प्रशासन कार्यालय, रास्कोट,कालिकोट,इलाका प्रशासन कार्यालय, कोल्टी, बाजुरा,इलाका प्रशासन कार्यालय, झोता, बझाङ्ग,इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी,इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला,इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी,इलाका प्रशासन कार्यालय, नुमबजार, संखुवासभा थपिएका छन्।
अब उक्त स्थानका जनताले १,२ दिन लगाएर जिल्लामै गएर नागरिकता बनाउन पर्ने समस्या समाधान हुने भएको र जनताले प्रत्यक्ष सुविधा पाउने अपेक्षा गरिएको छ।














