नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारका रूपमा ११ जनाको नाम सिफारिस गरेको छ।
प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न बाँकी रहेको जुम्लाका पार्टी अध्यक्ष शान्तिलाल महतले जानकारी दिए।
उनका पार्टीको सर्कुलर अनुसार समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरिएको हो। प्रत्यक्षको पछि हुनेछ।
खुला तर्फ सिफारिस हुनेमा राजुशरण न्यौपाने, गोर्खबहादुर बुढा, नन्दराम रोकाया र हंश रोकाया रहेका छन्।
महिला तर्फबाट शान्ता शाही, मेनका रेग्मी, मेनका पछाई र पम्फी बुढालाई सिफारिस गरिएको अध्यक्ष महतको भनाइ छ।
त्यसैगरी पिछडिएको क्षेत्रबाट डा. कुशेन्द्र महत र विष्णुबहादुर शाहीको नाम सिफारिस गरिएको छ भने दलित तर्फ राजकली सार्की सिफारिसमा परेकी छन्।














