सोमबार, २८ पुष, २०८२

सुर्खेतमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीद्वारा स्वास्थ्य प्रणालीबारे प्रस्तुतिकरण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य महाविद्यालय अन्तर्गत स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी सिकाइको प्रयोगात्मक कार्यक्रमअन्तर्गत नगरपालिका स्तरीय पहिलो प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार लेकबेसी नगरपालिकामा आयोजित उक्त कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी दिलिप कुमार रावतको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा लेकबेसी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेल, नगर उपप्रमुख बिमला खड्लुक, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै जनप्रतिनिधि, पालिकाका शाखा संयोजक तथा कर्मचारी, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य संकाय अन्तर्गत स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन समूह ‘ए’ का विद्यार्थीहरूले नगर स्वास्थ्य प्रणालीसम्बन्धी अध्ययन प्रस्तुत गरेका थिए।

समूहमा रोशन ताम्राकार, विकास महतो, लोकमणि बोहोरा, आनन्द कुमार सिंह, वैभव ठाकुर, दिपेन्द्र चौधरी र दिलिप रावत रहेका थिए।

प्रस्तुतिकरणमा लेकबेसी नगरपालिकाको नगर स्वास्थ्य प्रणालीले स्थानीय जनताको स्वास्थ्य प्रवर्द्धन, संरक्षण तथा उपचार सेवामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको थियो।

नगरपालिकामा स्पष्ट संगठनात्मक संरचना, स्वास्थ्य संस्था सञ्चालन र खोप, सुरक्षित मातृत्व, पोषण, क्षयरोग, असंक्रामक रोगजस्ता प्रमुख कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको जनाइएको छ।

महिला स्वास्थ्य स्वयंसेविका, आधारभूत अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा पहुँच विस्तार क्लिनिकको उपलब्धताले समुदाय स्तरसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार भएको प्रस्तुतिकरणमा उल्लेख गरिएको हो।

मानव स्रोतको अभाव, पूर्वाधारको आवश्यकता, औषधि तथा उपकरण व्यवस्थापन, स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण र रोकथाममुखी कार्यक्रम विस्तारमा अझै सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रमको संक्षिप्त जानकारी प्रस्तुत गर्दै समूह सदस्य श्री विकास महतोले दीगो र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न समुदायको सक्रिय सहभागिता, अन्तरक्षेत्रीय समन्वय र प्रमाणमा आधारित योजना आवश्यक रहेको बताए।

कार्यक्रमले स्थानीय तहको स्वास्थ्य प्रणाली सुधारमा महत्वपूर्ण सिकाइ र अनुभव प्रदान गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार