सोमबार, २८ पुष, २०८२

आर्थिक अवस्था कमजोर भएको व्यक्तिको कथा


चाडपर्वहरू झन् तनाव लिएर आउँछन् अब, किनभने रमाइलोभन्दा अगाडि खर्चको चिन्ताले थिच्छ।

एक व्यक्तिले सुनाउँछन् आफ्नो अवस्था बारे, अनि म चुपचाप सुनी रहने प्रण गर्दै छु। कुरा यसरी सुरु हुन्छ। जीवनका धेरै पाटाहरू पार गर्दै आज म यो मोडमा उभिएको छु, जहाँ हरेक निर्णयमा पैसाले नै कुरा गर्छ।

हरेक सम्बन्धको नापतौल पनि अहिले आर्थिक अवस्थाले हुने गरेको छ। धेरैले सोधे, ‘किन टाढा भयौ?’, ‘किन मौन छौ?’ तर साँचो कुरा भन्नु पर्दा ब्याक मेरो आर्थिक अवस्था लागेको हो।

कसैको निम्तोमा जान नपाएको दिन सम्झिन्छु। मन गयो, तर गोजीले साथ दिएन। कसैले दिएको उपहार फर्काउन नसकेको पीडा छ, किनभने मैले त्यस्तो नै केही दिन सकिनँ। चाडपर्वहरू झन् तनाव लिएर आउँछन् अब, किनभने रमाइलोभन्दा अगाडि खर्चको चिन्ताले थिच्छ।

धेरै साथीहरूसँग दूरी बढ्दै गयो। उनीहरूको संसार अघि बढिरह्यो, मेरो साथमा भने खाली शून्यता मात्र आउँछ। लहरो चक्र भने दैनिक खर्च मिलाउने संघर्षमै फसिरह्यो। कसैले बुझ्न चाहेनन् कि मेरो व्याक अप हुनु कमजोर मन होइन, मेरो आर्थिक अवस्थासँगको लडाइँ थियो।

पढ्न चाहन्थेँ, तर किताबभन्दा महँगो खाना पर्‍यो। सपना देखेको थिएँ, तर महिनाको अन्त्यमा घरभाडा र रासनको हिसाबले सपनामा ब्रेक लगायो। म नहारेको होइन, म त हरेक दिन बाँच्न जितिरहेछु। तर मसँग भएका धेरै सम्भावनाहरू आर्थिक अवस्थाले ब्याक गरिदियो।

आज पनि जब कसैले सोध्छ, ‘तँ किन नदेखिने?’, म मुस्कुराउँदै भन्छु, ‘व्यस्त छु।’ तर भित्रभित्रै मन भन्छ, ‘व्याक मेरो आर्थिक अवस्था लागेको हो।’

मेरो आर्थिक अवस्थालाई मैले यसरी खण्डन गर्ने गरेको छु,
१. मेरो आर्थिक अवस्था
मानव जीवनमा आर्थिक अवस्थाको महत्वपूर्ण भूमिका हुन्छ। व्यक्तिको दैनिक जीवनशैली, शिक्षा, स्वास्थ्य र भविष्यका योजनाहरू सबै आर्थिक स्थितिमा निर्भर गर्छन्। मेरो सन्दर्भमा पनि आर्थिक अवस्थाले ठूलो प्रभाव पार्दै आएको छ।

२. मेरो वर्तमान अवस्था
हाल मेरो आर्थिक अवस्था मध्यम वर्गमा पर्दछ। बुबा आमाको आम्दानीले घरको दैनिक खर्च, मेरो पढाइ खर्च र अन्य आधारभूत आवश्यकताहरू पूरा हुँदै आएका छन्। हामीलाई कुनै ठूलो आर्थिक संकट छैन, तर विलासिताका कुराहरूमा भने खर्च गर्न सक्ने स्थिति छैन।

शिक्षामा लगानी हाम्रो परिवारको प्राथमिकतामा पर्ने हुनाले मेरो पढाइमा भने कुनै कमी छैन। यद्यपि, कहिलेकाहीँ अनपेक्षित खर्चहरू आइपर्दा केही चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ।

बढ्दो महँगी, विशेषगरी खाद्यान्न र शिक्षाको लागत, हाम्रो परिवारका लागि एउटा चुनौती बनेको छ। भविष्यमा उच्च शिक्षाका लागि लाग्ने खर्च र परिवारका अन्य आवश्यकताहरू पूरा गर्नका लागि अझै आर्थिक सुदृढता आवश्यक छ। बचत गर्ने प्रयास गरे पनि कहिलेकाहीँ आकस्मिक खर्चले गर्दा त्यो सम्भव हुँदैन।

मेरो आर्थिक अवस्थालाई सुदृढ बनाउनका लागि मैले केही योजनाहरू बनाएको छु। पहिलो र महत्वपूर्ण योजना भनेको उच्च शिक्षा हासिल गर्नु हो। राम्रो शिक्षाले राम्रो जागिर र आम्दानीको अवसर सिर्जना गर्छ भन्ने कुरामा म विश्वस्त छु।

साथै, सानोतिनो पार्ट टाइम काम गरेर वा सिर्जनात्मक सीपहरू प्रयोग गरेर अतिरिक्त आम्दानी गर्ने बारेमा पनि सोच्दै छु। तर यो सम्भावना त नहोला, विचार भने सधैँ यस्तै रहने छ।

मेरो सपना बुनेका केही दशक अगाडि मेरी आमाले भन्नुभएको थियो, ‘छोरी, तिमीलाई त अहिले साथ दिने हामी छौँ।’ तर मेरो सन्दर्भमा हेर्ने हो भने सबै कुरा सफलताका लागि सहज छ अहिले। आमाको कुरा अझै ध्यानपूर्वक सुन्न रुचाउने म, सुनिरहेँ।

कुरा गर्दागर्दै यथार्थ झल्किन थाल्यो। आमा भन्नुहुन्छ, सुरुमा हाम्रोतिर स्कुल नै थिएन। ठूली ठूली हुँदा स्कुल बन्यो, अनि त्यसपछि आमाको मृत्यु भइसकेको थियो।

मलाई पढाउने कोही भएन। अनि भाइबहिनी पाल्दै बसेँ। बिस्तारै पन्ध्र वर्षको उमेर थियो। घरबाट विवाह गर्नुपर्ने सूचना आयो, अनि त्यो पनि गरेँ। पढ्न पाइनँ।

एक नम्बरमा त मलाई व्याक घरपरिवार लाग्यो, अर्कोमा श्रीमान् अनि बिहे घरको सबै परिवार, त्यसपछि लागे छोराछोरी अनि अहिले तिनै छोराछोरीको भविष्य। यसरी सोच्दासोच्दै दिन गइसके भन्ने आमाको भनाइले मन छियाछिया पारेसँगै मैले पनि कुनै एउटा कथा निर्माण गर्ने सोच बनाएँ।

अनि पढ्दै जाँदा त सबैभन्दा धेरै महत्वपूर्ण कुरा आर्थिक हुँदो रहेछ भन्ने बल्ल महसुस गरेँ। सहरको बसाइ थियो, खाँदा, बस्दा, हिँड्दा सबै ठाउँमा पैसाको नापतौल हुन्थ्यो।

अनि मलाई सम्झना आउँथ्यो मेरी आमाले भनेका कयौँ शब्दहरू। कति दिन भोकै बसेको थिएँ, कति दिन गाडी भाडा नपुग्दा कोठामै थन्किनु परेको थियो।

यी सबै अवसर गुमाउनुको पीडामा मैले आफ्नो आर्थिक अवस्था कमजोर हुनु बुझेको महसुस गरेँ।

यो कुराले मलाई याद दिलाउँछ कि आर्थिक अवस्था कमजोर भएपछि कयौँ सपनाहरू सपनामै सीमित हुँदारहेछन् भनेर। साथीको यो कुराले मन खिन्न बनाउँछ अनि निराश हुँदै आआफ्नो लक्ष्यतिर सामेल हुन्छौँ हामी।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार