उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी सदस्यमा जुम्लाका मिनराज आचार्यलाई मनोनीत गरिएको छ।
उज्यालो नेपाल पार्टीको विधान २०८२ को परिच्छेद ७ को दफा २६ अनुसार पार्टीले राखेको मंसिर १८ र १९ गते भएको ५ औ संघीय कमिटीको बैठकको निर्णय अनुसार आचार्यलाई संघीय कमिटी सदस्य पदमा मनोनयन गरिएको हो।
अधिवक्ता समेत रहेका आचार्यले आफू देश निर्माण र आम नागरिकको हित सर्वोपरि ठानी संगठनलाई थप अनुशासित, मर्यादित र गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
आम नागरिकको हितको निम्ति अनुशासित भएर कार्य गर्ने र नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन, नेतृत्वहरु तानाशाही हुँदा विकल्पमा देशलाई निकास दिन नयाँ विकल्पका रुपमा नयाँ यात्रा तय गरेको उनको भनाई छ।
‘अब हामी मुख्यतया शुशासन र समृद्विको यात्रा तय गर्ने छौं।मुख्यकुरा भ्रष्टाचारको जरोलाई उन्मुलन गरेर राज्यलाई निकास दिने लागिपर्ने छौं,’ उनले भने।














