नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय अनुशासन आयोग सदस्यमा जुम्लाका वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद तिमिल्सिना निर्वाचित भएका छन्।
विधि, अनुशासन र जनअधिकारको संरक्षणलाई मूल नारा बनाउँदै तिमिल्सिनाले पार्टीभित्र अनुशासन, सुशासन र नैतिक राजनीतिलाई सुदृढ बनाउने उनले प्रतिबद्धता गरेका उनस निर्वाचित भएका हुन।
निर्वाचित भएपछि उनले महाधिवेशनमार्फत मुलुकलाई स्वाधीन, समृद्ध, सामाजिक न्यायपूर्ण, भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त बनाउने संकल्प गरेका छन्।
कानून व्यवसायमा लामो समयदेखि क्रियाशील तिमिल्सिना उपभोक्ता हित संरक्षण, जनअधिकार र सुशासनका सवालमा स्पष्ट धारणा राख्ने व्यक्तित्वका रूपमा परिचित छन्।
उनले पार्टीभित्र मात्र होइन, समग्र समाजमा विधिको शासन र अनुशासन कायम गर्न केन्द्रीय अनुशासन आयोगको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरेका छन्।
‘अनुशासन बिना संगठन बलियो हुँदैन, र सुशासन बिना जनविश्वास स्थापित हुँदैन। त्यसैले म यही सत्य स्थापित गराउनेछु। मलाई निर्वाचित गराउने सबैप्रति आभारी छु,’ उनको भनाइ छ।














