सोमबार, १२ माघ, २०८२

चित्तौन कचेहेरीको तेस्रो संस्करण सुरु

चित्तौन कचेहेरीको तेस्रो संस्करण सुरु भएको छ। यो वर्ष पनि चितवनमा रहेको नारायणी कला मन्दिरमा चित्तौन कचेहरीको तेस्रो संस्करण सुरु भएको हो।

कचेहेरीको पहिलो भागमा कविता कचेहेरीबाट बिहीबार ४:३० बजेको समयबाट सुरु भएको छ। कविता कचेहरीमा झण्डै तीन दर्जन भन्दा बढी नेपाल र भारतका कविहरूले आफ्ना कविताहरू सुनाएका छन्।

चित्तौन कचेहेरीका तेस्रो संस्करणका निर्देशक डा.जीवन क्षेत्रीले ‘विगतको लागि पाठ र भविष्यको लागि शिक्षा’ रहेको भन्दै कार्यक्रममा स्वागत मन्तव्य राखेका छन्।

त्यस्तै कार्यक्रममा बोल्दै चितवनका बरिष्ठ समालोचक रमेश प्रभातले चितवनको कविताबारे विगत देखि वर्तमान सम्मका कविता तथा कविको विश्लेषण गरेका छन्।

कार्यक्रमको दोस्रो भागमा गजलको सेसन इरशाद सुरु भएको छ। जसमा गजलकार संगीता थापामगर,महेन्द्र चन्द महासागर,हुकुम धड्कनले आफ्ना गजल प्रस्तुत गर्नेछन्।

कार्यक्रम आज २५,२६ र २७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार