मंगलवार, १३ माघ, २०८२

जुम्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सम्पन्न

‘जीवन मर्याता समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्विको आधार’ तथा ‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’ मूल नारासहित जुम्लामा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाको आयोजना तथा सरकारी तथा गैर-सरकारी संघ संस्थाको समन्वय सहकार्यमा उक्त कार्यक्रम उद्योग वाणिज्य संघ जुम्लाको हलमा सम्पन्न भएको हो।

मानवाधिकार मानिस जन्मेदेखि मृत्युु हुन्जेलसम्म एउटा समान एउटा सम्मानित जीवन बाँच्नको लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरू मानवाधिकार भएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।

जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले महिलाले महिलालाई नै हिंसा गरिरहेको बताएका छन्।

उनले मानवाधिकारको प्रमुख भएर कल्पना नेपाल आचार्य जुम्ला आउदा १६ दिने लैङ्गिक हिंसा विरुद्धको महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त समेत गरेका छन्।

‘धर्मको नाममा पनि ग्रन्थले हिंसा गरेको र समाजमा रहेका विभिन्न सामाजिक समस्या अन्तर्गत रहेका प्रथाहरू विस्तारै हट्दै गएको र लैङ्गिक हिंसा पनि हट्ने’,उनले भने।

जुम्लामा भएका प्रत्येक पालिकाहरूमा मानव अधिकार हननलाई अन्त्य गर्ने,राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाकि प्रमुख कल्पना आचार्य नेपालले प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार