सोमबार, १२ माघ, २०८२

दाङका सविन प्रियासनद्वारा एक वर्षमै तीन उपन्यास सार्वजनिक

नेपालमा दोस्रो सबैभन्दा धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार सविन प्रियासनले यस वर्ष मात्रै तीन नयाँ कृति सार्वजनिक गरेका छन्।

मंसिर १८ गते ‘नयाँ लुगा’ नामक आफ्नो १३औँ उपन्यास विमोचन गर्न तयारी अवस्थामा रहेको प्रियासनले यसअघि ‘कालो मन’ र ‘कडी’ उपन्यास सार्वजनिक गरिसकेका छन्।

प्रियासनका यसअघि नै १२ वटा उपन्यास, एक कथा संग्रह र एक सम्पादकीय संकलन प्रकाशित भएका छन्। साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय रहँदै आएका उनले आफ्नो योगदानका आधारमा सरकारी विभूषणसहित राष्ट्रिय स्तरका धेरै सम्मान र पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।

हाल उनी दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधानसम्पादक र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रहेका छन्। घोराही बनाऔँ अभियानका संयोजकका रूपमा पनि उनी निरन्तर सामाजिक गतिविधिमा सक्रिय छन्।

उनका अधिकांश कृतिहरू प्रेम, परिवार, समाज तथा मुलुकको समृद्धि जस्ता विषयवस्तुमा आधारित हुने गरेका छन्। नयाँ पुस्तक ‘नयाँ लुगा’ बाल मनोविज्ञानमा आधारित उपन्यास हो।

उपन्यासमा बालबालिकालाई सकारात्मक मार्गदर्शन गर्न आवश्यक शिक्षा–सन्देशका तत्व समावेश गरिएको प्रियासनले बताए। उपन्यासको कथावस्तुसँग मेल खाने गरी दुई दर्जनभन्दा बढी सचेतनामूलक बालकथा पनि पुस्तकमा जोडिएका छन्।

बालबालिकाका दृष्टिकोण विस्तार र सिकाइमा यस कृतिले उपयोगी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा हुने ‘नयाँ लुगा’ उपन्यासको विमोचन कार्यक्रम नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा मंसिर १८ गते बिहीबार बिहान ११:३० बजे सुरु हुने परिषद् दाङका अध्यक्ष यम रेग्मीले जानकारी दिए।

सोही दिन असहाय बालबालिकालाई नयाँ लुगा वितरण गर्ने कार्यक्रम पनि राखिएको प्रियासनले बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार