जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ।
आज दिउँसो करिब १२:३० बजेको समयमा राँका गाउँ स्थित वनमा दाउरा संकलन गर्न गएको बेला तातोपानी १ की अन्दाजी ५० वर्षकी दुर्गा सार्कीको घटनास्थलमै मृत्यु भएको हो।
राँका गाउँको वन स्थित गाईचौर उधेँरी खोला नजिकैको भीरबाट झण्डै २०० मिटर तल उनी खसेकी थिइन्।
उनसँगै दाउरा संकलन गर्न गएकी तातोपानी १ कै लक्ष्मी कठायतका अनुसार ‘भीरबाट खस्न लाग्दा आफूले देखेको र बचाउन प्रयास गर्दा पनि नसकेको’,उनले भनिन्।















