सोमबार, २८ पुष, २०८२

कर्णाली र सुदूरपश्चिममा नेपाल मेडिकल काउन्सिलको चुनावी माहोल

नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचन नजिकिँदै जाँदा कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी चहल पहल बढ्दै गएको छ। काठमाडौं बाहिर पुस ४ र ५ गते तथा काठमाडौंमा पुस ११ र १२ गते सम्पन्न हुने निर्वाचनको माहोल कर्णाली र सुदूरपश्चिम सम्म पुगेको छ।

सदस्य पदका उम्मेदवार डा. सम्राट पराजुली पछिल्ला केही दिनयता विकटका अस्पतालदेखि शहरी केन्द्रसम्मका चिकित्सकहरूसँग सक्रिय रुपमा भेटघाट र छलफलमा व्यस्त छन्।

सुदूरपश्चिम प्रदेशमा आयोजित संवाद तथा भेटघाट अभियान सफलतापूर्वक सम्पन्न भएको भन्दै डा. पराजुलीले प्रदेशका चिकित्सकहरूप्रति आभार व्यक्त गरे।

‘चिकित्सक साथीसँगको भेटघाटले मलाई नयाँ ऊर्जा र दृढता दिएको छ। तपाईंहरूले दिएका सुझाव र समर्थनले काउन्सिललाई अझ सक्षम, पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्छ,’ डा. पराजुलीले भने।

सुदूरपश्चिमको कार्यक्रम सकेसँगै पराजुलीको टिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुगेको छ। जुम्ला, कालीकोट, दैलेख र आसपासका विकट क्षेत्रमा खटिएका चिकित्सकहरूसँग उनले प्रशासनिक चुनौती, सेवा सुविधा, तालिमको पहुँच र काउन्सिलले संबोधन गर्नुपर्ने नीति सुधारका विषयमा प्रत्यक्ष सुझाव बटुलेको अनुभुति सुनाए।

उनका अनुसार चिकित्सकहरूले विशेषगरी लाइसेन्सिङ प्रक्रिया सुधार, विशेषज्ञ तालिम र नवीकरणमा सहजता, ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सकका लागि संस्थागत प्रोत्साहन, र व्यावसायिक सुरक्षाको विषय जोडदार रुपमा उठाएका छन्।

‘कर्णाली र सुदूरपश्चिमका चिकित्सकहरूको आवाज अत्यन्तै महत्त्वपूर्ण छ। काउन्सिलले सम्बोधन गर्नुपर्ने मुद्दाहरूका बारेमा मैले प्रत्यक्ष रूपमा सुनेका सुझावहरू अत्यन्त उपयोगी छन्। यी आवश्यकता र समस्याहरूलाई समाधानतर्फ लैजान म निष्ठापूर्वक तत्पर छु,’ डा. पराजुलीले प्रतिक्रिया दिए।

कर्णालीका विभिन्न चिकित्सकसँग भलाकुसारी गरेरका पराजुली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत चुनावी माहोल बनाउँदैछन्। सुर्खेतका चिकित्सकहरूसँग हुने विशेष भेटघाट कार्यक्रममार्फत उनले आफ्नो योजनाबद्ध अभियान अघि बढाउने बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार