जुम्लाको सिजा गाउँपालिका–६ काँडागाउँमा आज बिहान भएकाे आगलागीमा एक घरको एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ।
बिहिवार बिहान करिब ११ः३० बजे मनविर बुढाको दुई तले, ९ कोठा भएको ढुङ्गा, माटो र काठले बनेको कच्ची घरको दोस्रो तलामा आगलागी भएको हो।
खाना पकाउने क्रममा चुलोको धुँवा निस्किने चिम्नीबाट एक्कासी आगो झरेपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी नराकोटले जानकारी दिएको छ।
आगलागी हुनासाथ स्थानीयबासी तथा प्रहरी टोलीले आगो नियन्त्रणमा ल्याए पनि एक कोठा पूर्णरूपमा क्षति पुगेको छ।
मानवीय क्षति नभए पनि आगलागीले कोठाभित्र रहेका सामग्रीहरु समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी चौकी नराकोटले जनाएको छ।
















