चुल्हो निभाएर उसले
मशाल उठाइ घरको पिंजडा
तोडेर उसले प्रश्न उठाइ।
ऊ सदियौँदेखि मौन थिई
अब बोल्न थालिन्,
न्यायका भित्तामा उसले,
शब्दहरु ठोकी ।
उसको आँसु होइन,
अब दुर्बलता देखियो
त्यो त इतिहासमा विद्रोहको
रेखा खिची उसले
यो समाज डरायो
जब उसले आँखा खोली,
ऊ नारी होइन!
परिवर्तनको सौन्दर्यको रुप,
उसले चिनाएर छोडी














