शनिबार, ११ आश्विन, २०८२

कविता: न्याय

मागेर सजिलै पाईँदैन न्याय खोसी लिनु पर्दछ
पाईँदैन कसैगरी न्याय यहाँ लडेर जित्नु पर्दछ
नत पाईने चिजहो न्याय यहाँ हातमात्र थाप्दैमा
नतपाईने चिजहो न्याय यहाँ बिन्तीभाउ गर्दैमा ।

जुन कुरामा अन्याय परेपनि बेलैमा माग्नु पर्दछ
अदालत होस या अन्यत्र ठाउँ सोची जानु पर्दछ
माग्दा अरुले मागेर हुन्न न्याय चाहिन्छ हकवाला
न्याय खुट्याउनु पर्दछ खासमा मर्कामा पर्नेवाला ।

कहिलेकाहीँ मागी दिनु पर्दछ प्रतिनिधित्व गरेर
बच्चा वृद्व अपाङ्गता हुन सक्छ संरक्षक भएर
भरीसक्य ती साक्षी प्रमाण पनि जुटाउनु पर्दछ
आफूसँग जेछ तिनै आधारमा नित्य लाग्नु पर्दछ ।

न्याय दिने वाला पनि हुनु पर्छ विवेकी सदचारी
वास्तविक यथार्थ सत्यता बुझी सबै कुरा बिचारी
आफ्नो पराइ केही नभनी सफा शुद्व चित्त बनाई
भरोषा योग्य बन्नु पर्दछ जैल्यै बिश्वास नै दिलाई ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार