कति मानी बस्छस, पीर त पनि ?
जानेनै होस प्राण आखिर त पनि ।
अचेत त म , पुरै बदली सके
बदलिनु पर्छ अब , तक्दिर त पनि
तिमी बाहेक अरु चलाउनै जान्दैनन्
मेरो मुटुमा आई लाग्नु तिर तपनि
यहाँ मार्नलाई हैन बच्नलाई लड्नुपर्छ
भैइस भने गैईस , स्थिर त पनि
कति त जोगी बने मैले गर्दा यहाँ
पख्न घर गरि खालस फकिर त पनि
उहीँ हिडिन आज कपाल न बाधी
चल्नु बतास आज सिर सिर त पनि
उसै पनि मेरो रहर बढेको छ
त्यहीँ माथी आईपुगीस मंसिर त पनि
गालिब भए जादुगर ,भन्थ्यो पक्कै मलाई
के के भन्थिस होला मिर त पनि
गुरुको कृपा यही त होला एम पि
अलिअलि गर्न थालिस चिरबिर त पनि
सिपालुले एकै चोटमा छिनाले मलाई
मुटु चिर्न जानेको छस चिर त पनि