तिमी को हौं ?
मैले तिमीलाई चिन्दिनँ
सायद मैले तिमीलाई नचिन्नु
मेरो भुल हुन सक्छ ।
तिमी यो धर्तीमा हुन्जेल
मैले तिमीसँग त्यस्तो कुनै
परिचयात्मक गर्ने मौका पाइनँ
तर तिमी एक,
कर्णालीको होनहार युवा थियौं ।
प्रिय् हरिबहादुर,
तिमीलाई मैले नचिने पनि
मैले तिम्रो बहादुरी अहिले आएर चिनेँ
तिमी त एक कर्णालीको योद्धा पो हौं।
विडम्बना मैले तिमीलाई चिन्नु अघि
तिमी नै यो संसारमा रहेनछौं।
तिमीले उबेला छातीमा राज्यको
निरङ्कुश बन्दुकको गोली नछेकेको भए
आज “म कर्नालीको मान्ठ”
भनेर गर्व कसरी गर्थेँ होला?
म सोचमग्न छु।
आज जुम्ला कर्णालीको होइन
सुदूरको हो भन्दा मेरो हृदय कति दुख्थ्यो होला?
कर्णाली नामेट पारेर सुदूरमा गाँसिएको हो
भन्दा कति छियाछिया हुदो यो मेरो हृदय ?
धन्न हरिबहादुर तिमी जस्तै नौजवानले
भेरी र कर्णालीमा राज्य विरुद्ध
आँखा नजुधाएको भए ?
के कर्णाली रहन्थो होला र?
तिमी जस्तै भेरी र कर्णालीका
चार जनाले कर्णालीको अस्तित्वको लागि
ज्यान आहुती दिएर नलडेको भए
आज झन कति हेपिदो हो
मेरो कर्णाली ?
उफ!
मेरो कर्णालीको आफ्नै विरासत
चिनाउन यो राज्यलाई कर्णालीका अस्तित्वको
हत्या गर्नुपर्ने यो कस्तो बाध्यता हो?
प्रिय् हरिबहादुर तिमी महान छौं
एक तिमी योद्धा हौं
जसले राज्यलाई आँखा तर्न सिकायौं
कर्णालीको अस्तित्व जोगायौं।