बिहीबार, २८ फाल्गुन, २०८२

कविता : ज्वारभाटाहरू

न कसैले गरेको अन्याय सहेर चुप लागी बस्न सक्छु ?
न कसैको अन्याय बिरुद्व नबोली चुप बस्न सक्छु ?
बारम्बार घोचीरहने घटना, परिवेश र परिस्थितिले
घरी घरी किन बारम्बार तरङ्ग ल्याइदिन्छन् म भित्र ?
किन मेरो मानसपटलमा ज्वारभाटा निस्किरहन्छन् ?

देश बनाउँन निस्केका ती यात्रीको खेलहरू देखेर
देश बनाउने अभियन्ताहरूको तर्क र गाली सुनेर
तिँनै ज्वारभाटाले मलाई पटक पटक दु:खाउँदछन्
बन्दुकको गोलीले हानेझैँ मन मुटु पोल्न थाल्दछन् ।

सुदुर पश्चिमको राजमार्गमा पर्ने भासु हुँदै कुदेको छु
झापा जाने पूर्व पश्चिम राजमार्गमा पनि हिँडेको छु
काठमाडौंबाट सिन्धुली हुँदै तराई पनि झरेको छु,
काठमाडौंबाट पोखरा हुँदै बुटवल पनि पुगेको छु
नेपालगन्ज, सुर्खेत, जुम्ला हुँदै रारा पनि पुगेको छु
तर किन कर्णाली राजमार्गमा विभेद भएको देख्दछु ?

यही मार्ग भइ जाने हो मुगु रारासम्मको विकास र बाटो
यही राजमार्ग भइ हुम्ला देखि मानसरोवर पुग्ने हो बाटो
विभिन्न जिल्लाका योजनाहरू अध्ययन गर्न पुग्दछन्
यही राजमार्ग भइ डोल्पा हुँदै सेफोक्सुण्डोसम्म पुग्दछन्
तर राजर्ग हेर्दा कपालमा कात्रो बेरेर यात्रा गर्नुपर्ने किन ?

किन पर्दैन कर्णाली राजमार्ग विकासवादीको आँखामा?
किन पर्दैन योजनाकार र पत्रकारको आँखा र कलममा
कर्णालीका जनता संघीयता र लोकतन्त्रमा प्रतिवद्वनै छन्
जनताले सँधै विधीको शासनमाथि विश्वास गरिरहेकै छन् ।

हामी हाम्रो सडकमा निस्फिक्रिले कहिले मोटर चढ्न पाउने ?
सँधै कहिलेसम्म उपेक्षित भएर हामी कर्णालीले बाँच्नु पर्ने ?
जहिले चीत्कारमा बाँच्नुपर्ने बाध्यतामा कहिलेसम्म बाँच्ने
किन जहिले ज्वारभाटाहरू निकाल्नुपर्ने अवस्थामा बाँच्ने ?

(२०८२/४/७ खलंगा प्यूठान ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार