आजको दिन विशेष छ
उज्यालो नयाँ सन्देश छ
युगले चिनेको नायकलाई
श्रद्धा र नमन विशेष छ
उहाँको पाइलाले पथ देखायो
उज्यालो सपनाको रहर बनायो
हिजोका ती कठिन दिनहरूम
आशाको दियो बलायो
कसैले सुनको चाँदीको थाल पाउँछ
कोही ढुङ्गा टिपेर भविष्य सिँच्दछ
शिक्षा हो बाटो, इमान हो,आधार
कर्म हो पूँजी, मेहनत हो उपहार
जन्मजातै कोही राजा हुदैन
श्रम बिना उज्यालो साजा हुदैन
उचाइ त त्यहीले पाउँछ जीवनमा
जो झुकेर बढ्न जान्दछ प्रत्येक क्षणमा।
शब्दमा गहिरो अर्थ थियो
कर्ममा सच्चा सङ्कल्प थियो
मानवताको गीत गाउँदै,
उहाँले जीवन समर्पण दिनुभयो
हामीले उहाँबाट बाटो पायौ
न्याय र अधिकारको चेतना लायौं
उहाँको योगदान अमर छ
हृदयमा श्रद्धा भरि सजायौं
फूल चढाउँछौं सम्झनामा
नमन गर्छौं सम्मानमा
आजको दिन, जन्म जयन्ती
एक प्रेरणा अनन्तकालमा














