हुम्ला सडक् सञ्जाल् पुग्दा खुशीले गदगद् छ
रोड पुर्याउने सबैलाई स्वागत गर्दछु ।
छपन्नमा शिलान्यास् भो बयासिमा उद्घाटन्
छब्बिस् बर्ष परिश्रम् पर्यो अब दुःख हटनन् ।
थकाई लाग्या बस्ने ठाउँ चौतारा र पाटी
हाम्रा हुम्ला रोड पुग्यो फुल चढाउँकी पाती ।
दुई हजार बयासी साल बाईस गते असार
प्रधानमन्त्री केपिले गर्या गाडीको हलसार ।
खार्पु नाथ चुवाखोला बेलीब्रिज् त्यहीँमाथी
उद्घाटनभो प्रधानमन्त्रीबाट खुसि भयो छाती ।
खार्पुनाथ पुल बन्यो हुम्ला पुग्यो रोड
रोड् नपुगेको सिमिकोट भन्न अब छोड ।
सदरमुकाम् सिमीकोट सडकमा जोडियो
नेपाल भरी रोड पुगेको ईतिहास् रचियो ।
सडकसंजाल् जोडिनबाँकी कुनैजिल्ला छैनन्
हुम्ला मान सरोवर् पुग्न अब दु:ख रैनन् ।
खार्पुनाथ पुल बन्यो रोड पुग्यो सिमिकोट
रोड नपुग्दा सम्म लाग्थ्यो भित्रैदेइ मर्मचोट
हुम्लीका आँगनमा अब मोटरकार् गुड्न्या छन्
पिठ्यँमाथी भारी बोक्न्या दिन अब छुट्न्या छन्
थाप्लोलाई सुविस्ता होला ढाड्लाई होला सुख
हप्प्तौँ राँझा कुर्नु पर्थ्यो हट्न्या भया दुःख ।
कि दुख नुनको थियो कि दुख खाध्यको
बिरामी भएका बेला आश लाग्थ्यो राज्यको ।
भन्या बेला गाडी चढ्लान् भन्या बेला घर
प्लेन त रोजाउनी भयो छुट्यो प्लेनको भर ।
बधाई छ हुम्लालाई धन्यवाद् सरकारलाई
रोड बनाउन जो जो लाग्या जस छ सबैलाई ।
थप्न्या जति थपीहाल्या आ- आफ्ना भावना
अब पक्की रोडको चाह हुम्लीको सपना ।।















