दैलेखको माटो अब मौन छैन
सदियौँदेखि सहेर बसेको माटो
अब सपना बोलीरहेको छ,
ऊर्जाको गन्ध फैलाइरहेको छ,
क्रान्तिको आवाज बोकी
आत्मनिर्भर नेपालको बाटोमा उभिएको छ।
प्रधानमन्त्री ओलीको आँखामा
विकासको आँधी थियो
विनाश होइन, निर्माणको।
उहाँले भन्नुभयो,
“दैलेख अब चुप लाग्दैन,
ऊ देशलाई उज्यालो दिनेछ।”
दैलेखको माटोले त्यो आवाज
हृदयभरि अँगाल्यो।
आज दैलेखका युवाहरू
पसल होइन, फार्म खोल्दै छन्
कृषि अब लाज होइन
गर्व हो, आत्मसम्मान हो।
विद्यालयमा कम्प्युटर छ,
अस्पतालमा अक्सिजन छ,
बृद्धबृद्धाको हातमा सम्मान छ।
कर्णालीको आवाज
आज सदनमा गुन्जिएको छ।
दैलेख अब विकटता होइन
संभावनाको राजधानी हो।
जहाँ गन्धले होइन,
श्रमले भविष्य लेखिन्छ।
धुलेश्वर, गुप्तेश्वर, नाभिस्थान,
कालभैरव र जलजले डाँडाहरू,
राकम कर्णाली जस्ता स्थानहरू
अब आत्मनिर्भरता र पर्यटनका प्रतीक हुन्।
आज यो माटो
दैलेखीको ताज हो,
युवाको स्वाभिमान हो,
देशको मेरुदण्ड हो।
ऊर्जा, सपना, श्रम,
माटो र आत्मसम्मान
यी हुन् दैलेखका पाँच तारा,
जसको उज्यालोमा लेखिएको छ
“सुखी नेपाली, समृद्ध नेपाल।”














